कर्मचारी इमान्दार भए भ्रष्टाचार रोकिन्छ : एमाले अध्यक्ष ओली


चितवन, १८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सेवा दिन निजामती कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठन चितवनले निर्माण गरेको शहिद मनोज–झपेन्द्र स्मृति सभाकक्षको उद्घाटन गर्दै उहाँले कर्मचारी इमान्दार भएमा भ्रष्टाचार निर्मूल हुन्छ भन्दै कर्मचारी सामान्य कर्तव्यमा मात्रै नभएर अनिवार्य कर्तव्यमा जुट्नुपर्ने बताउनुभयो ।

जिससको जग्गामा संगठनको भवनको भुइँतल्लामा सभाकक्ष निर्माण गरिएको हो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।