हुम्लामा खाद्यान्नको अभाव


 

हुम्ला, १७ भदौ । हुम्ला जिल्लामा लगातारको वर्षापछि सदरमुकाम सिमिकोटमासमेत खाद्यान्नको अभाव भएको छ ।

पाँच महिनादेखि सर्वसाधारणले खाद्यान्न नपाएको र संस्थानको गोदाम खाली रहेको नेपाल खाद्य संस्थानका प्रमुख नारायण केसीले बताउनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी ऋषिदेवप्रसाद सिटौलाले हुम्ला जिल्लामा खाद्यान्नको माग गरी मन्त्रालय र विभागमा पत्राचार गरिएको र चार्डपर्वलाई मध्यनजर गदै खाद्यान्न आएपछि सर्वसाधारणलाई बाँडिने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।