सुनसहित तस्कर पक्राउ

0
Shares

 

काठमाडौं, (नेस)
अवैध सुनसहित सुन ओसारपसारमा संलग्न ७ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगन्जको प्रहरी टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–११ सामाखुशी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का २६ वर्षीय पेम्बादोर्जे शेर्पा, भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिरूटारका ३८ वर्षीय दिपेन्द्र थापा, काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने ३९ वर्षीय सरोज थापा, काभ्रे, पाँचखाल नगरपालिका–१ बस्ने ३८ वर्षीय विष्णु गौतम, भक्तपुर सूर्यविनायक नगरपालिका–७ का ३४ वर्षीय राजेन्द्र खत्री, भक्तपुर सूर्यविनायक नगरपालिका–७ कै ३४ वर्षीय रबिन खत्री र धनुषा जनकपुर उपमहानगरपालिका–७ बस्ने ३८ वर्षीय दिपककुमार शाह रहेका छन्।

चीन–तिब्बत हुँदै नेपालको रसुवाको केरुङ नाका तथा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अबैध तरिकाले सुन भित्र्याइ विभिन्न स्थान तथा भारतमासमेत लगी बिक्रीवितरण गर्ने कार्यमा सकृय भएको विशेष सूचना प्राप्त भएपछि खटिएको प्रहरीले बिहीबार सामाखुशीस्थित निज पेम्बादोर्जे शेर्पाको घरकोठा खानतलासी गर्दा दराजमा रहेको करिब १२ किलो र दराजको घर्रामा रहेको करिब २ किलोसमेत गरी लुकाइछिपाइ राखेको करिब १४ किलो सुनका टुका तथा तत्कालै खोजी गर्दै जादा अन्य सुन भारतका विभिन्न स्थानमा बिक्री गर्ने उद्देश्यले लगेको भन्ने खुल्न आएपछि तत्कालै जिल्ला प्रहरी कार्यालय, धनुषामा जानकारी गराई थप अन्य ४ जनाको साथबाट १ केजी सुन बरामद गरेको थियो।

उनीहरूबाट बा.१० च ४१९३ नम्बरको गाडी १ थान, स्कुटर १ थान, दराजबाट ६ थान १ सय दरका गरी जम्मा ६ सय अमेरिकी डलर र विभिन्न दरका जम्मा १ हजार १ सय ९९ चाइनिज युयान नोटसमेत बरामद भएको छ।

Skip This