ट्रकबाट लडेर मृत्यु


 

उर्लाबारी (मोरङ), १५ भदौ । बूढीगंगा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा गुडिरहेको ट्रकमा झुण्डिन खोज्दा आज अपराह्न लडेर एक मजदुरको मृत्यु भएको छ ।

इटहरीबाट विराटनगर जाँदै गरेको ना ७ ख २२२३ नंको गुडिरहेको ट्रकमा झुण्डिन खोज्दा विराटनगर–४ का ४० वर्षीय सवारी ऋषिदेव गम्भीर घाइते भएकामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।