८० रुपिया महसुल बुझाउन दुई हजार खर्च

0
Shares

विमल विष्ट, डोटी ।
सुन्दा अच्चम लाग्न सक्छ डोटीमा बिद्युत प्रयोग गरेकोे ८० रुपिया महसुल बुझाउन एकहजार देखी दुई हजार रुपिया खर्च लाग्छ भनेर ।

तर यो साँचो हो । यहाँका स्थानियबासीहरुले ८० रुपिया बिद्युत महसुल तिर्न बर्षौ देखी हजारौ रकम खर्च गर्नु पर्ने बाध्यता रहेको छ । डोटी साना जलबिधुत केन्द्र दिपायलले गाउमा खोलेका बिधुत महसुल बुझाउने काउन्टर गाउ बाट बजारमा सारेका कारण यहाँका स्थानियबासीले यति ठुलो रकम तिनु परेको हो ।

८० रुपिया बिल तिर्नका लागि क्षेत्रीय सदरमुकाम दिपायल जानु पर्ने तथा आउने जाने यातायात खर्च त्यहाँ खाना बस्न सहितको रकम करिब दुईहजार भन्दा बढी आउने गरेको डाक्टर केआईसिंह गाउपालिकाका स्थानिय सेरबहादुर एैरले बताउनु भयो । उहाँले भन्नु भयो ‘पहिला गाउमै बिधुत महसुल काउन्टर थिए बिहान गए बेलुकी फर्किन सकिन्थ्यो अहिले महसुल काउन्टर बजारमा सारेका छन् त्यहाँ पालोमा बस्नु पर्छ,मर्का जती हामीलाई ।’

बिधुत महसुल काउन्टर पहिलेकै ठाउमा सारी दिन बिधुत कार्यालयलाई पटक पटक आग्र गर्दा समेत कुनै वास्ता नगरेको स्थानियको आरोप छ । उता डोटी साना जलबिद्युत कार्यालय दिपायलका प्रमुख ललितनारायण चौधरीले कर्मचारी प्रयाप्त नभएको तथा कर्मचारीको खर्च समेत बढी आउने गरेका कारण बिगतमा गाउमा खोलिएका बिधुत महसुल बुझाउने काउन्टर दिपायल सारिएको बताउनु भयो ।

उहाँले भन्नु भयो ‘हामी संग प्रयाप्त कर्मचारी पनि छैनन्,खर्च पनि बढि आयो, तैपनि जनताको दुःखलाई मध्य नजर गरेर केही गर्ने प्रयासमा छौ ।’ गाउका बिधुत महसुल बुझाउने काउन्टर बजारमा सारीएपछि डोटीको सानागाउ,बासुदेबी ,दुर्गामान्डौ,कपल्लेखी,मुड्भारा, जोरायल लगायतका क्षेत्रका स्थानियबासी लाई बिधुत महसुल बुझाउन सबै भन्दा बढी मर्का परेको बताईएको छ । बिधुत महसुल बुझाएर गाउ फर्किन उनिहरुलाई निकै सास्ति हुने गरेको छ ।

 

 

Skip This