प्रदेश नम्बर २ का सबै नगर र गाउँपालिकामा निर्वाचन कार्यालय खुल्दै


नेपाल समाचारपत्र, काठमाडौ ।
निर्वाचन आयोगले आगामी असोज २ गते स्थानीय तहको चुनाव हुने प्रदेश नम्बर २ का सबै नगर र गाउँपालिकामा सोमबारबाट निर्वाचन कार्यालय खोल्ने जनाएको छ ।

१३६ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरिने निर्वाचन आयोगले जनाएको छ ।

सबै जिल्ला सदरमुकाममा गत ७ गते नै मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

२ नम्बर प्रदेशमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५८ वटा गाउँपालिका छन् ।

यसमध्ये ९ वटा स्थानीय तह पछि थपिएको र ती तहमा मतदाताको नाम र ठेगाना सच्याउने काम भैरहेको आयोगले जनाएको छ ।

मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री यसअघि नै जिल्लामा पठाइसकेको र यही १५ गतेदेखि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने आयोगको तयारी छ ।

राजनीतिक दलहरुले पनि उम्मेदवार छनौटदेखि प्रचार प्रसार अभियानलाई तिब्र रुपमा अगाडी बढाएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।