काँग्रेसद्वारा बाढीपीडितका लागि एक करोड संकलित


 

काठमाडौँ, ९ भदौ । नेपाली काँग्रेसले बाढीपहिरो पीडित जनताको सहयोगका लागि रु एक करोड छ लाख ९० हजार ६४० संकलन गरेको छ ।

केही दिन अगाडि मुलुकका विभिन्न भागमा परेको अविरल वर्षा र पहिराका कारण पीडामा परेका जनतालाई सहयोगस्वरुप पार्टीका सांसदको एक महिनाको तलबबाट उक्त रकम संकलन गरेको हो ।
सो रकम आज पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेस संसदीय दलका सचिव धुव्र वाग्लेले पार्टीका कावा सभापति विमलेन्द्र निधिलाई हस्तान्तरण गर्नुभयो । उक्त रकम कांग्रेस बाढीपीडित कोषको खाता नं ०१३५–११–००१००७५ मा जम्मा गरिने नेता निधिले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।