सर्पको डसाइबाट महिलाको मृत्यु


 

राजविराज, ९ भदौ । सप्तरीको सुरुङगा नगरपालिका–५ मा गएराति सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५५ वर्षीया सुगवतीदेवी यादव रहेकी छिन् । राति शौच गर्न बाहिर निस्कने क्रममा आफ्नै घरको आगनमा लुकेर बसेको विषालु सर्पले यादवलाई डसेको थियो ।

सर्पको डसाइबाट सिकिस्त भएकी उहाँलाई उपचारका लागि राहु स्मारक अस्पताल लहानमा भर्ना गरे पनि उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ ।

यस्तै सप्तरी जिल्लाको अधिकांश ठाउँमा सर्पको बिगबिगी बढेको छ ।
खासगरी बाढी प्रभावित क्षेत्र रम्पुरा मल्हनीया, सकरपुरा र डलुवा तथा तिलाठीसहितका ठाउँमा सर्पको बिगबिगी बढेको बाढीपीडितको भनाइ रहेको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।