नेपाल स्काउटमा नयाँ कार्यसमिति


काठमाडौँ, ७ भदौ । सरकारले नेपाल स्काउटको वर्तमान केन्द्रीय कार्यकारी समिति विघटन गरी चन्दन कौशिकको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।
कौशिक यसअघि धनुषा जिल्ला स्काउटको जिल्ला आयुक्त हुनुहुन्थ्यो ।

युवा तथा खेलकुदमन्त्री एवम् नेपाल स्काउटका प्रमुख स्काउट राजेन्द्रकुमार केसीको अध्यक्षतामा मंगलबार बसेको बैैठकले नयाँ तदर्थ समिति गठन गरी ऐन र नियमावलीअनुसार नयाँ राष्ट्रिय परिषद् र केन्द्रीय कार्यकारी समिति गठन गर्ने जिम्मेवारी तोकेको छ ।

तदर्थ समितिले एक वर्षभित्र राष्ट्रिय परिषद् र केन्द्रीय कार्यकारी समितिको निर्वाचन गराउनुपर्नेछ । तदर्थ समितिमा झापाका शिव पौडेल, सुर्खेतका पार्वती गिरी, भक्तपुरका पुण्यराम गोथे, ललितपुरका केशव महर्जन, काठमाडौँका दीपेश केसी, जयराम कार्की र गौतम अधिकारी, सिन्धुपाल्चोकका देवदूत अधिकारी, चितवनका मनोजजङ्ग रायमाझी, प्यूठानका रामप्रसाद शर्मा, धनुषाका रामकुमार भण्डारी र कास्कीका गोमा घिमिरे पौडेल हुनुहुन्छ ।

समितिको सल्लाहकारमा काठमाडौँका डा रवीन्द्रप्रसाद पाण्डे हुनुहुन्छ । उहाँहरुले आज नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा पदबहाली गर्नुभएको छ । यसअघि रबिन दाहालको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिले समयमा निर्वाचन गराउन नसकेको आरोप छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।