राष्ट्रपति भण्डारी डोलेश्वरमा

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक पर्यटनको विकासका लागी सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । भक्तपुरको डोलेश्वर महादेव मन्दिरको श्रावणी मेला समापन तथा डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको नवौं बार्षिकत्सवमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले देश विकासमा लागी महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा पनि अब महिलाहरुको अग्रसरता अपरिहार्य भएको बताउनु भयो ।सो क्रममा राष्ट्रपति भण्डारीले केदारनाथको शीर डोलेश्वर महादेवको पुजा तथा आरती गर्नुभयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले दाता कृष्णगोपाल श्रेष्ठ, संरक्षक भरतमणी जंगम, संस्थापक अध्यक्ष बालहरी चालिसे, बरिष्ठ इञ्जिनियर कुमार उप्रेती र एभिन्यूज टेलिभिजन प्रालीलाई सम्मान गर्नु भयो ।कार्यक्रममा राष्ट्रपति भण्डारीलाई मन्दिरका बारेमा समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेत र समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी गराउनु भएको थियो ।

प्रत्येक भाद्र ६ गते अर्थात केदारनाथको शिर घोषणा भएको नवौं वार्षिकोत्सवका अवसरमा केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरको चारै ढोका खुल्ला गरिएको थियो । सर्वसाधारण भक्तजनहरुलाई बिहान ३ बजेदेखि नै चारै ढोका खोली भक्तजन आफै मन्दिर भित्र गई दर्शन गर्न पाउने व्यवस्था गरिएकोे हो ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले केदारनाथको शिर घोषणा गरेपछि मन्दिरमा विधिवत नियम बनाएर व्यवस्थापन समितिले भदौ ६ गते वार्षिकत्सव, शिवरात्री र अक्षय तृतीया गरी जम्मा तीन दिन मात्रै मन्दिरको भित्रै गएर पुजा गर्न पाईने व्यवस्था गरेको छ ।

 

Skip This