संशोधन प्रस्तावमाथिको दफाबार छलफल सम्पन्न


 

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्मा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ माथिको दफावार छलफल सकिएको छ ।

उक्त विधेयकको दफावार छलफलमा ५४ सांसदले भाग लिनुभएको थियो । उक्त प्रस्ताव साउन ३२ गते सदनमा पेश गरिएको थियो । विधेयकमाथि ५० संशोधन पेश भएका छन् । अहिले बैठकमा संशोधन प्रस्तावमाथि परेको संशोधन निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलेको छ ।

यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले उक्त प्रस्तावमाथि सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै राष्ट्रवादका र राष्ट्रघातका विषयमा हलुका ढंगबाट टीकटिप्पणी नगर्न सुझाव दिनुभयो । प्रस्तुत संशोधन प्रस्तावले संविधानको स्वीकार्यता बढाउन र संघीयता कार्यान्वयनमा ठूलो योगदान दिने बताउँदै उहाँले संविधान सशोधन प्रस्तावलाई अघि बढाउनका लागि सहयोग पु¥याउन सवै राजनीतिक दलसँग आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।