१०७ लाई प्रभावकारी बनाइने

0
Shares

 

काठमाडौं, (नेस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगतदेखि प्रयोग गर्दै आएको टोल फ्री नं १०७ लाई थप प्रभावकारी बनाउने बताएको छ। आयोगले सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कसैले काममा ढिलासुस्ती गरेर रकमको माग गरेमा तत्काल १०७ नं मा फोन गर्न आग्रह गरेको छ।

पहिलो चरणमा काठमाडौं उपत्यकाका मालपोत, यातायात, नापी र वैदेशिक रोजगार विभागको कार्यालयमा सूचना टाँस्ने आयोगका सचिव राजन खनालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

आयोगले क्रमशः काठमाडौं उपत्यकाबाहिरका जिल्लामा पनि यस्तो अभियान चलाउनेछ।

 

Skip This