पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता, अझै सहज छैन बजारमा

0
Shares

 

काठमाडौँ, २७ साउन । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले इन्धन ढुवानी नगर्ने भनी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

एशोसियसनले ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गर्दै आजदेखि नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने तथा यही साउन ३१ गतेदेखि पम्पबाट तेल बिक्री वितरण बन्द गर्ने घोषणा गरेको थियो ।

एशोसियसनका अध्यक्ष लीलेन्द्र प्रधानले व्यवसायीका केही माग पूरा भएकाले अहिलको आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जानकारी दिनुभयो ।

व्यवसायीले चार हजार लि पेट्रोलियम पदार्थ ढुवानी गर्दा पेट्रोलमा करिब ८५ लि र डिजेलमा ५० लि प्राविधिक नोक्सानी हुने जिकिर गर्दै सोहीअनुरुपको नोक्सानीको क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेका थिए ।

निगमले चार हजार लि पेट्रोलमा ३५ लि र डिजेलमा २४ लि प्राविधिक क्षतिको भर्पाई दिने गरेकामा थप पेट्रोलको १० लि र डिजेलको तीन लि क्षतिको भर्पाई दिने निर्णय गरेपछि आफूहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएको अध्यक्ष प्रधानले जानकारी दिनुभयो । ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानी सम्बन्धमा छ महिनाभित्र अध्ययन गरी सोको प्रतिवेदनका आधारमा थप निर्णय लिने सहमति भएको बताइएको छ । रासस

Skip This