ट्रक दुर्घटना हुँदा दुईको मृत्यु


 

वालिङ (स्याङ्जा), २७ साउन । मालुंगामा आज अपराह्न ट्रक दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय वालिङका अनुसार पोखराबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ५५४६ नंको ट्रक गल्याङ नगरपालिका–१ मालुंगा कुनौटास्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा परी स्याङ्जा, वालिङ नगरपालिका–१४ घर भई कपिलवस्तु वाणगंगा–२ बस्ने अन्दाजी ७५ वर्षीया जानकी थापा मगर र कृष्णबहादुर थापाको मृत्यु भएको हो ।

घाइते चालक मकवानपुर दामन पालुङ–५ बस्ने ५१ वर्षीय भुवन कार्की, स्याङ्जा वालिङ–९ बस्ने ६६ वर्षीय भोजप्रसाद तिवारी र वालिङ–१४ घर भई हाल कपिलवस्तु वाणगंगा–२ बस्ने ५३ वर्षीय कोशबहादुर थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।
ट्रक सिद्धार्थ राजमार्गबाट आज अपराह्न १ः४५ बजेतिर झण्डै १५० मि तल खसेको हो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।