बैतडी, २४ साउन । घाँस काट्न हिडेकी एक महिला आज मृत फेला परेकी छिन् ।
जिल्लाको पाटन नगरपालिका–१ सकारकी ३५ वर्षीया हरिना विक मृत फेला परेकी हुन् । सोमबार घाँस काट्न घरवाट हिडेकी र साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा आज दिउँसो स्थानीय सुर्नया नदी किनारमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस











प्रतिक्रिया