विनोद सिंह विष्ट, बैतडी । घाँस काट्न भनि हिडेकी एक महिला मंगलवार मृत फेला परेकी छन । बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक हेरम्व शर्माका अनुसार पाटन नगरपालिका १ सकारकी ३५ बर्षिया हरिना विक मृत फेला परेकी हुन ।
सोमवार घाँस काट्छु भनी घरवाट हिडेकी र साँझ घर नफर्केपछी खोजतलास गर्दा मंगलवार दिउँसो पाटन नगरपालिका १ स्थित सुर्नया नदी किनारमा हरिना मृत फेला परेकी प्रहरीले जनाएको छ ।
शव परिक्षणका मार्टमका लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।











प्रतिक्रिया