सडक बन्यो चुनावी नारा

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।  झट्ट सुन्दा वीरगन्ज सुन्दर,शान्त अनि निकै बिकसिल शहर होला भन्ने सबैलाई लाग्दो हो तर एक पटक समेत वीरगन्ज नआएको ब्यक्ति एक पटक वीरगन्ज आयो भने नाउ अनुसारको शहर नभएको भनेर नाक खुम्चाएर पक्कै जानेछ ।

धेरै शासक आए,धेरै शासन ब्यवस्था आयो तर वीरगन्जको मुहार फेरिएन । यत्ति मात्रै होइन समथर भूभाग रहेको पर्साको अधिकांश गाउ जाने सडकहरुको अवस्था ज्यादै नाजुक छ । सदरमुकाम वीरगन्जको मुख्य सडकको त भनै कुरा गरी साध्य नै छैन । बसपार्कमा मानिस डुबाउने जत्रै खाडलहरु रहेका छन् । तर,अहिले फेरि सडक राजनीतिक दलहरुको चुनावी नारा बनेको छ । सदरमुकाम वीरगन्ज देखि ग्राामीण भेगको सडक मर्मतका लागि दलका प्रतिनिधिहरु जुटेको जस्तो देखिएको छ ।

सडक बनाउने अभियान नै आफूहरुले थालेको संघीय समाजवादी फोरमले दाबी गरेको छ ।उसले वीरगन्जदेखि ग्रामीण भेगसम्म चल्ने सडकखण्डहरुको स्तर उन्नती  गर्ने कार्य आफूहरुले गरिरहेको जिकिर गरेको छ । सो पार्टीका मधेशका कोषाध्यक्ष एवम् वीरगन्जका उधोग बिजय सरावगीको पहला वीरगन्जको सडक बनाउने कार्य भइरहेको पार्टीका जिल्ला अध्यक्ष प्रदीप यादव दाबी गर्दछन् । उक्त पार्टीका वीरगन्जका प्रश्ताविक मेयर पदका उम्मेदवार समेत रहेका सरागवीको अगुवाईमा सडक बनाउने कार्य भइरहेको यो पार्टीको दाबी छ । अन्य पार्टीको तुलनामा अपेक्षाकृत रुपमा फोरमले बाटोको मुद्दालाइ बढी उठान गरेको भएपनि आफूहरुले समेत वीरगन्ज शहरको बिकासमा ध्यान दिएको मेयरका पदका अन्य दलका उम्मेदवारहरुले बताएका छन् । ज्यादै जीर्ण रहेको वीरगन्जको सडकको बिषयमा चुनावभरका लागि भने सबै दलको नारा सडक बन्ने निश्चित देखिएको छ ।