कालिकोटमा धार्मिक पैठ–मेला सुरु

0
Shares

कालीवहादुर मल्ल, कालिकोट । यस जिल्लाका विभिन्न ठाउमा धार्मिक मेला तथा पैठहरु सुरु भएका छन । विषेशगरी श्रावण पुणिमा चतुरदशि तिथिवाट सुरुवात हुने चुलिमालिका,पुगमालिका,वडिमालिका महावुअ, लिङ्सैनी, वडिमालिका लगाएका चर्चित धामहरुवाट मेलाको सुरुवात भएको हो ।

अग्ला हिमालमा भुवानी माइले चिनीने यि देविहरुको पुजा वर्षको एक दनि लाग्ने गरेको वाडिमालिका धामका पुजारी कृष्णराज धमाला वताउछन । उनका अनुसार भुवानी माँइ देवीले चैते दशैको दिन माल(तराइ)वाट हिमालको आफ्नो यात्रा सुरु गरी श्रावण चुतुर्दशीका दिन आफ्नो गन्तव्य पुगेर फर्कने दिन भव्य मेला लाग्ने गरेको हो । विशेष गरी वडिमालिका र चुलिमालिका मेलामा भारतको नैनिताल,कुमाउ गडवाल देखि नेपालको राजधानी लगाएत विभिन्न ठाउवाट श्रदालु भक्तजनहरु आउने गर्दछन ।

जिल्ला सदरमुकामवाट तिन दिनमा पुगिने वडिमालिका र दुइ दिनमा पुगिने चुलिमालिकामा राति आधा लेखमा विच वाटोमा रमाइलो गर्दै भजन कृतन गाउदै वस्ने गर्दछन । चुलिमालिकाको रहस्या मय केछ भने भुवानी देविको भैसि भनेर चिनिने एउटा ढुङ्गा नजिक जादा ढुङ्गा देखिन्छ भने दुइ किलोमिटर टाढावाट हेर्दा भैसिनै देखिन्छ । त्यो पनि हिउद महिनामा देखिन्न असार १ गते पछि मात्र देखिन्छ ।

यस्तै लिंगासैनिको मेला पुणिमाको दिन भव्यरुपमा लाग्ने गर्द छ । यहा एकहजार वोकाहरुको वलि दिने गरिन्छ । लिंगासैनि देवतालाई खुसि पार्न तथा झण्डै तिन मिटर लामो सिव लिंगलाई हेर्न विभिन्न जिल्लाका मानिसहरु वलि ल्याएर आउने गरेको झाक्री मुनिप्रसाद चौलागाँइ वताउछन । यस्तै ठुलाचाखा, गल्ली धल्पुरो,कुलदेव,ताडि मस्टाको पैठहरु पनि सरु भइरहेका छ ।

झाक्रिहरु लाइन लागेर नच्ने,स्थानीय देउडावाट रमाइलो गरिने पैठहरुमा जात्रा हेर्नेहरुको घुइचो लाग्ने गर्द छ । यतिवेलावाट सुरु भएका यि पैठ मेलाहरु असोज पुणिमा सम्म चल्ने गर्दछन ।