विनोद सिंह विष्ट, बैतडी । बैतडीमा जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका सिद्धराज भट्ट निर्विरोध निर्वाचित भएका छन । जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट सिद्धराज भट्ट र कांग्रेसकै गजेन्द्रबहादुर चन्दको पनि उम्मेदवारी परेको थियो ।
एउटै पार्टीवाट दुईजना उम्मेदवार बन्न नपाउने भएकाले चन्दको उममेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत धु्रब कुमार शाहले जानकारी दिनुभयो । प्रमुखमा निर्वाचित भट्ट पाटन नगरपालिका ४ वाट स्थानिय तहको निर्वाचनमा सदस्यमा विजयी भएका थिए ।
यस्तै कांग्रेसबाट दलित तथा अल्पसंख्यक सदस्यमा टेक लुहार पनि निर्विरोध निर्वाचित भएका छन । दलित तथा अल्पसंख्यक सदस्यमा अरु पार्टीले उम्मेदवारी नदिदा टेक निर्विरोध भएका हुन । ९ सदस्यीय जिल्ला समन्वय समितिमध्ये उपप्रमुख, तिन खुला र तिन महिला सदस्यका लागी साउन २९ गते निर्वाचन हुने भएको छ ।
जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको छ भने केही पदमा एमालेले पनि उम्मेद्वारी दर्ता गरेको छ ।
उपप्रमुख पदका लागि नेकपा माओवादी केन्द्रबाट धनबहादुर बोहरा र एमालेबाट लक्ष्मणदत्त भट्टको उम्मेद्वारी दर्ता भएको छ । तीनजना खुला सदस्यमा नेपाली काँंग्रेसका तर्फबाट रमेश बहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारीको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै एमालेका तर्फबाट खुलासदस्यका लागि हरिसिंह महराको उम्मेद्वारी दर्ता भएको छ । यसैगरी ३ महिला सदस्यका लागि नेपाली कांग्रेसबाट हरु जोशी र गीता जोशी तथा नेकपा माओवादी केन्द्रबाट कुमारी हेमा भट्ट कपाडीको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी एमालेबाट गोमती लावड लुहार,कल्पना कुमारी क्षेत्री राना र जयन्ती पन्तको उम्मेद्वारी दर्ता भएको छ । जिल्ला समन्वय समितिको निर्वाचन यही साउन २९ गते हुनेछ ।
नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर २० मत मध्ये १२ मत छन् भने एमालेसंग ८ मत रहेको छ ।











प्रतिक्रिया