हेटौंडा,(नेस) । ‘काठमाडौं–हेटौंडा सुरुङमार्गलाई ठगी खाने भाँडो बनाउनेहरु तृप्यन्ताम्, निर्वाचनआयोगले आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारबाहीनगरेकाले निर्वाचनआयोग तृप्यन्ताम्, स्थानीयतहनिर्वाचनपश्चात् जनप्रतिनिधिबाट करवृद्धि गरेकाले स्थानीयनिकायहरु तृप्यन्ताम् र देश बेची लुटेर खाने लुटेराहरु तृप्यन्ताम्,’आदिजप्दै हेटौंडा–२ का एक युवाले मंगलबार हेटौंडा मुख्यबजारमागाईजात्रे श्राद्ध गरे ।
सबै पक्षमातीखो ब्यङ्ग्यगर्न भ्याएका राकेशकुमार शर्माले थपे–कांग्रेस्य कोशी र गण्डकी नदीनाला हस्तान्तरण भारत तृप्यन्ताम्, एमालेस्य र कांग्रेस्य मिलीजुलीमहाकाली र टनकपुर नदीनाला हस्तान्तरण तृप्यन्ताम्, सुस्ता, महेशपुर, कालापानी र लिपुलेक हस्तान्तरण भारत तृप्यन्ताम्, प्रधानमन्त्री, मन्त्री, सांसद् र नेताहरुले राजसंस्थाफाल्ने नाममा डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र (धर्म) बेच्नेहरु तृप्यन्ताम्,२०६२/०६३ को जनआन्दोलनपश्चात् प्रजातन्त्रको दुरुपयोग गरिएकोले तृप्यन्ताम् र नेताहरुद्वारा राज्यकोष ढुकुटी तृप्यन्ताम् ।
‘भुकम्पपीडित त्रिपालमै तृप्यन्ताम््, भुकम्पपीडितको राहत तृप्यन्ताम् र सुकुम्बासी समस्या समाधानआयोग तृप्यन्ताम्,’ जस्ता व्यङ्ग्यजपेकाउनले नेताहरुले देशका २७ वटा उद्योग ‘तृप्यन्ताम्’ गरेको टिप्पणी गरे ।
नेताहरुले राजसंस्थाफाल्ने नाममा डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र (धर्म) बेचेको, जनआन्दोलनपश्चात् लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको दुरुपयोग गरेको, संविधाननिर्माणका नाममा राज्यकोषको ढुकुटी दुरुपयोग गरिएको तथा १९५० को सन्धिमध्ये सुगौली सन्धिअन्तर्गत् महाकाली सन्धि, टनकपुर सन्धि, गण्डकसन्धि गरेकाले नेताहरुको एकमुष्ट गाईजात्रे श्राद्ध गरिएको शर्माले बताए ।











प्रतिक्रिया