स्वास्थ्यमन्त्रीसँग अमेरिकी दूतको भेट

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत मिचेल गोन्जालेसबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा मन्त्री पोखरेलले भूकम्पको बेला अमेरिकाले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो। दाङबाट शुरु भएको मलेरिया उन्मूलन कार्यक्रमको निम्ति अमेरिकी नियोगले गरेको सहयोगको पनि मन्त्री पोखरेलले प्रशंसा गर्नुभयो।

सो अवसरमा मन्त्री पोखरेलले स्वास्थ्यका धेरै अधिकार स्थानीय निकायमा गएकाले अमेरिकासँग थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो।