कृषि विकास कार्यालयको ४२ लाख भन्दा बढी  रकम फ्रिज



फिरोज सिद्दिकी, सिरहा । आर्थिक वर्ष ०७३/०७४ मा जिल्ला कृषि विकास कार्यालय सिरहाको ४२ लाख भन्दा बढी रकम फ्रिज भएको छ ।

१३ करोड ४० लाख ५३ हजार ४ सय ४१ रुपैया मध्ये ४२ लाख ८३ हजार ८१ रुपैया बजेट फ्रिज भएको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिनुभयो ।

कृषि विभागबाट ५४ लाख ७० हजार ६ सय ४१ बजेट प्राप्त भएकोमा ४८ लाख ९७ हजार ३ सय मात्र खर्च भएको प्रमुख यादवले बताए ।

त्यस्तै विशेष कृषि उत्पादन कार्यक्रम अन्तर्गत ३० लाख बजेट मध्ये २९ लाख खर्च भएको छ । सिएमआईएएसपि अन्तर्गत ८ लाख मध्ये ७ लाख ३० हजार खर्च भएको छ भने सहकारी खेती साना सिंचाई तथा मल बिउ ढुवानी कार्यक्रम अन्तर्गत ३९ लाख ५४ हजार मध्ये ३८ लाख ९६ हजार रकम खर्च भएको प्रमुख यादवको भनाई रहेको छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति अन्तर्गत ६५ लाख ४३ हजार बजेट मध्ये ५३ लाख ३४ हजार ९ सय, राष्ट्रिय स्वयं सेवक सेवाको संचालन विकास कार्यक्रम अन्तर्गत १ लाख ९८ हजार ६ सय मध्ये १ लाख ४१ हजार ९ सय खर्च भएको छ । त्यसैगरी घर बगैचा कार्यक्रम अन्तर्गत १२ लाख ३१ हजार २ सय बजेट मध्ये १२ लाख ३१ हजार २ सय खर्च भएको छ । बालीविकास कार्यक्रम अन्तर्गत ३२ लाख ५६ हजार बजेट मध्ये २८ लाख७० हजार ४ सय खर्च भएको प्रमुख यादवको भनाइ रहेको छ ।

कृषि प्रसार कार्यक्रम अन्तर्गत ४ करोड ३१ लाख ४३ बजेट मध्ये ४ करोड २८ लाख ३४ हजार ३ सय खर्च भएको छ भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ६ करोड ५ लाख २२ हजार बजेट मध्ये ६ करोड ४३ हजार ५ सय खर्च भएको जनाइएको छ । सिरहामा विशेष मत्स्य उत्पादन कार्यक्रम अन्तर्गत ५५ लाख ३५ हजार बजेट मध्ये ४५ लाख ८ हजार ८ सय खर्च भएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्