ताप्लेजुङमा भरुवा बन्दुक सहित दुई जना पक्राउ


रविन भट्टराई, ताप्लेजुङ ।
ताप्लेजुङमा दुई नाल भरुवा बन्दुक सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजङघा गाउँपालिका ५ बस्ने वर्ष २८ को सनकुमार मावो र सोही गाउँपालिका ८ घर भई वडा नम्बर ५ मा डेरा गरी बस्ने वर्ष २२ को छिरिङ शेर्पा रहेका छन ।

दुबैजना लाई शुक्रबार साँझ इलाका प्रहरी कार्यालय तेल्लोकको गस्ती टोलीले भरुवा बन्दुक बोकेर हिडिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पक्राउ परेका उनिहरु लाई बरामद हतियार सहित अनुसन्धानका लागी प्रहरी कार्यालयमा राखीएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।