नयाँ मन्त्रीहरुको सपथ चार बजे


काठमाडौ (नेस) ।

मन्त्रिपरिषद बिस्तारसँगै सपथ खाने कार्यक्रम बुधबार अपरान्ह चार बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा चार बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

देउवाले कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त लगायत दललाई समेटेर मन्त्रिमण्डल बिस्तार गर्दैछन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।