मनाङमा नागरिकताभन्दा राहदानी लिने बढी


 

बेँसीशहर(लमजुङ), ९ साउन । मनाङमा नागरिकताभन्दा राहदानी बढी वितरण भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा १३७ जनाले नागरिकता लिएका छन् । सोही आवमा ८३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । कार्यालयका नासु भेषबहादुर जिटीका अनुसार सोही आवमा २४४ जनाले राहदानी लिएका छन् ।

एक सय ९९ जनाले दोब्बर दस्तुर तिरेर दु्रत सेवामा तथा ४५ जनाले कार्यालयबाटै राहदानी लिएका हुन् । राहदानीबाट रु दुई लाख २५ हजार राजश्व संकलन भएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।