भारतको राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित



काठमाडौ(नेस) ।
भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५।३५ प्रतिशत मत पाए ।

उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४.३५ प्रतिशत मत पाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मिरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्