कांग्रेसले केन्द्रीय समिति बैठक २ दिन अघि सार्‍यो


काठमाडौं (नेस) । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक २ दिन अघि सारेको छ ।

यसअघि असार ९ गते बस्ने भनिएको बैठक २ दिन अघि सारेर असार ७ गतेलाई निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक ७ गते बिहान ८ बजेलाई निर्धारण गरिएको जानकारी दिए ।

समसामयीक राजनीतिक परिस्थितिमा छलफल गरेर छिटो निर्णयमा पुग्नुपर्ने भएकाले बैठक २ दिन अघि सारिएको पौडेलले बताए ।

केन्द्रीय समितिको बैठकमा सरकार सञ्चालन र आगामी चुनावबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।