दार्चुला, (नेस)
भारतमा गएको पहिरोमा परी बिहीबार तीन नेपाली नागरिकको मृत्यु भएको छ। भारत पिथौरागढ जिल्लास्थित धारचुलो गर्वाधारमा गएको पहिरोमा परी जिपमा सवार तीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
उक्त घटनामा परी २ नेपाली घाइतेसमेत भएका छन्। मृत्यु हुनेमा जिल्लाको दुँहु गाउँपालिकाका हिरादेवी बम, उनका छोरा ओमकार बम र छोरी प्रियंका बम रहेको प्रहरीले जानकारी दिएको छ।
घाइते नेपालीको धारचुलास्थित अस्पतालमा उपचार भइरहेको छ। भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खल·ा फर्किंदै गरेका नेपाली पहिरोमा परेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया