ताप्लेजुङ सुकेटारमा हवाई सेवा स्थगित


रविन भट्टराई,ताप्लेजुङ ।

 

मेचि पहाडि जिल्लाको एक मात्र ताप्लेजुमा रहेको सुकेटार विमानस्थलमा हवाई सेवा स्थगित भएको छ । मौसममा आएको खराबीले अनिश्चितकालका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । यो विमान स्थलमा निगमले मात्रै काठमाडौं–ताप्लेजुङ नियमित उडान गर्दै आएको छ । चार्टर उडान भने गोमा र यतीले गर्छन् ।

मौसमका कारण काठमाडौंबाट उडेको जहाज लगातार तीन दिन बस्न नसकेको र एक दिन बाटोबाटै फर्किएपछि स्थगित गर्नुपरेको स्टेसन म्यानेजर विकास राईले बताए । राईका अनुसार अबको उडान भदौदेखि मात्रै हुन सक्छ ।

यो विमान स्थलमा काठमाडौंबाट ४५ देखि ५५ मिनेटमा हवाई यात्रा हुने गरेको छ । संखुवासभा, भोजपुरलगायत पहाडै पहाडको रुट भएर उडाए चाँडो र तराईको रुट भए ढिलो गरी गन्तव्य पुगिन्छ । धावनमार्ग पक्की भएकाले उडान र अवतरणमा मैदानको भने समस्या नरहेको विमान कर्मचारी बताउँछन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।