मृत अवस्थामा महिला फेला


 

राजविराज, ४ असार । राजविराज–भारदह सडक खण्डअन्र्तगत सप्तरीको तिलाठीस कैलाडी–७ स्थित बाँझो खेतमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

नाम, थर, वतन नखुलेकी करीव ३५ बर्षीया ती महिला मृत अवस्थामा फेला परेकी इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।
केही दिनयता ती महिला सो क्षेत्रमा मागी खाई हिंड्ने गरेको स्थानीयले बताएका छन् । मृतक महिलाको शवलाई स्वास्थ्य परिक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहर िकार्यालय सप्तरीले जनाएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।