प्यूठानका युवाहरुमा चुनावी उत्साह



 

सलिम अन्सारी, प्यूठान ।
चुनावी माहोल तातेसँगै युवाहरुमा उत्साह छाएको छ। राजनीतिक दलसँग आबद्ध युवाहरुलाइ खासगरि चुनावी रौनकले छोएको छ। स्थानीय तह निर्बाचन नजिकिदै गर्दा गाउँ गाउँमा युवाहरु आआफनो पार्टीको सिद्धान्त बोकेर मतदाताको घरदैलोमा हिडन थालेका छन।

यसअघि २०५४ साल जेठ ४ र १३ गते दुइ चरणमा स्थानीय निकायको निर्वाचन भएको थियो। निर्वाचित प्रतिनिधिको म्याद गुज्रिएपछि हालसम्म राजनीतिक सहमतिमा स्थानीय निकायको नेतृत्व कर्मचारीमार्फत गरिदै आएको थियो। जनता दुई दशकपछि स्थानीय जनप्रतिनिधि छनोट गर्न पाएको अवसरलाइ भवय रुपमा सम्पन्न गर्ने तयारीमा जुटेका छन।

दलहरुले गाउँ केन्द्रित चुनाव लक्षित गतिबिधि अघि बढाइरहँदा युवाहरुको सहभागिता उल्लेख्य छ। दलको चुनावी प्रचार अभियानमा युवाहरु अग्रपतmीँमा देखिन्छन। राजनीतिक दलहरुको प्रचारकका रुपमा मात्र नभएर उम्मेद्धवारका बनाएर समेत युवाहरुले प्रतिनिधित्व गर्न थालेका छन। दलहरुले स्थानीय तहमा को कहा उठने भन्ने कुराको निर्कयोल समेत गरिसकेका छन।

जिल्ला स्थित राजनीतिक दलले युवाहरुलाइ मुख्य पदमै टिकट दिएर मैदानमा उतारेका छन। उम्मेद्धवारहरु जन्मेपछिको पहिलो स्थानीय निर्वाचनमै युवा नेतालाइ मतदान गरेर विजयी गराउनेतिर युवाहरु लागिपरेका छन। यसअघिको स्थानीय निर्वाचन बुझनै भ्याइएन,अहिले महत्व बुझेका छौँ। सरुमारानी गाउँपालिकाका युवा भरत पल्ली मगरले भने अवको नेतृत्व युवाले गर्नुपर्छ भन्नेमा हामी लमगेका छौ।

स्थानीय तहमा जनप्रतिनिधि नहुँदाको पिडा पाकाले भन्दा युवाले बढी भोगेका छन। यसपटकको स्थानीय तहको निर्वाचनमा युवा अघि बढाइएको युवासँघ प्यूठानका सचिव धनेन्द्र कार्कीले बताए। स्थानीय स्तरमा युवाहरुको मुद्धा समबोधनका लागि युवा नेतृत्व आवाश्यक रहेको युवा नेताहरुको दावी छ।

असार १४ गते हुने स्थानीय तहको निवाृचनका लागि एमालेले युवासँघका जिल्ला अध्यक्ष श्रीधर रोका र सचिव धनेन्द्र कार्कीलाइ गाँउपालिका अध्यक्ष र वार्ड अध्यक्षको टिकट दिएको छ। माण्डवी गाउपालिकाबाट उम्मेद्धवार बनेका रोका पालिका अध्यक्षमा र सचिव कार्की सोहि गाउपालिका अन्र्तगत वार्ड नम्वर ३ का अध्यक्षका उम्मेद्धवार हुन।

नेतृत्वमा युवाशतmीलाइ स्थापित गर्ने लक्ष्यका साथ एमालेले युवाहरुलाइ प्राथमितmा दिएर टिकट बितरण गरेको जनाएको छ। जिल्लामा क्रियाशिल अन्य दलले समेत युवालाइ अघि सारेका छन। तरुणदलका जिल्ला अध्यक्ष सनतकुमार श्रेष्ठलाइ नेपाली काग्रेसले प्यूठान नगरपालिका ४ नम्बर वार्ड वाट अध्यक्षको उम्मेद्धवार बनाएको छ।

चुनावी प्रचारका क्रममा गाउमै रहेका श्रेष्ठले यसपालीको निर्वाचनमा युवाहरु उत्साहित भएर चुनावमा खटिएको बताए। युवा सहभागिता राम्रो छ उनले भने। सिहँदरवारको अधिकार गाउँमै प्रयोग गर्न पाइने भएकाले यो निर्वाचन युवाहरुको लागि बिशेष महत्वपूर्ण रहेको उनको कथन छ।
देश लामो समय जनप्रतिनिधि बिहीन अवस्थामा गुज्रदा र दिनहुँ युवा पलायन भएकै कारण बिकासले गति लिन नसकेको स्थानीय तहमा युवाको जिम्मेवारी महत्वपुर्ण रहेको युवा नेताहरुको भनाइ छ।

नयाँ पिढीका लागि नेपालमा नौलो पद्धतीको जन्म भएकाले यस्लाइ उपयोग गर्न र युवाहरु मतदानका लागि व्यग्र प्रतिक्षामा रहेको वाइसिएल नेपाल प्यूठानका जिल्ला उपअध्यक्ष गोबिन्दराज नेपालीले सुनाए। उनले माओबादि केन्द्रले युवालाइ नेतृत्वमा ल्याउन युवालाइ उम्मेद्धवार बनाएको समेत जानकारी दिए। युवाहरुलाइ स्वदेशमै स्वरोजगार हुने स्थिती बनाउने योजना सहित युवालाइ पार्टीले अग्रसर बनाएको उनले दावी गरे।
माओबादि केन्द्रले वाइसिएल जिल्ला अध्यक्ष पदम भटराइलाइ वडा अध्यक्षको उम्मेद्धवारका रुपमा अघि सारेको छ।

स्वर्गद्धारी नगपालिका वार्ड नम्बर ७ वाट उनी चुनावमा होमीएका हुन। त्यस्तै वाइसिएलका केन्दिय सदस्य लिलापजगँसिँ केसीलाइ पार्टीले प्यूठान नगरपालिका वार्ड नम्वर ८ वाट वार्ड अध्यक्षको टिकट दिएको युवानेता नेपालीले जनाए।

टिकट पाएपछि युवापातmी उतसाहित छन। टिकट पाएका उनीहरु अहिले जितका लागि चुनावी डौडधुपमा ब्यस्त छन। अन्य वडामा समेत युवा सँगठनमा आवद्ध युवाले टिकट पाएको दलहरुले बताएका छन।

प्रतिक्रिया दिनुहोस्