रसुवाका नव निर्वाचित वडा अध्यक्षले काम थाले, ७ वडा कार्यालय भाडामा सञ्चालन



नेपाल समाचारपत्र, रसुवा । बैसाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको चुनावमा विजय भएका रसुवाका वडा अध्यक्षले काम सुरु गरेका छन् ।
नयाँ व्यवस्था अनुसार जिल्लामा कायम गरिएको २७ वटा वडामध्ये २२ वटा वडाको कार्यालय स्थापना गरी काम सुरु भएको हो ।

पाँच वटा गाउँपालिका रहेको जिल्लामा अव पाँच वटा वडाको मात्र कार्यालय स्थापना गर्न वाँकी रहेको छ ।
भूकम्पका कारण भत्किएका निजी घर निमार्ण भइनसकेका कारण पार्वतीकुण्ड गाउँपालिकामा दुई, कालिका, नौकुण्ड र गोसाइँकुण्डमा एउटा एउटा वडामा कार्यालय स्थापना गर्न समस्या आएको हो ।
सञ्चालनमा आएको २२ वटा कार्यालयमध्ये १५ वटा वडाको आफ्नै कार्यालय रहेको छ भने ७ वटा वडाको कार्यालय भाडाको घरबाट सञ्चालनमा आएका हुन् ।
खासगरी वडाबाट सहभागितामूलक योजना तर्जुमा, तथ्याङ्क अद्यावधि, विकासका कार्य, सिफारिस र प्रमाणीकरण, स्थानीय न्यूनतम दररेट निर्धारण, उपभोक्ता समिति निर्माण र परिचालन लगायतका काम वडाले गर्नपाउने छन् ।
उत्तरगया गाउँपालिकाको पाँच वटै वडाको आफ्नै कार्यालय रहेको प्रमुख उपेन्द्र लम्सालले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्