अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही



हेटौंडा,(नेस) ।
नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले चुनावमा अन्तरघात गर्ने नेता एवं कार्यकर्तालाई कारबाही हुने बताएका छन् ।

नेपाली कांग्रेस हेटौंडा–६ ले गरेको कांग्रेसका तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा सभापति बानियाँले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन गतिविधि गर्नेलाई कारबाही हुने बताएका हुन् ।

उनले प्रमाणसहित त्यस्ता नेता कार्यकर्ताको नाम जिल्ला कार्यसमितिमा पठाउन क्षेत्र, नगर र वडा तहलाई निर्देशन दिइएको भन्दै जिल्लाले यसबारे उचित निर्णय लिनेमा ढुक्क हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।

नेपाली कांग्रेसलाई मकवानपुरमा बलियो बनाउन आफूले जस्तो सुकै कदम चाल्ने दाबी गर्दै उनले आगामी चुनावको तयारी थाल्नसमेत कार्यकर्तालाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्