विशेषज्ञ सहित शुरु भयो डेरी हब


मोतीराम तिमल्सिना,काभ्रे ।

त्रिभुवन विश्वविद्यालयको एउटा समुहमा फुड टेक्नोलोजी विषयमा अध्ययन गर्ने २४ जना विद्यार्थीहरु मध्ये अधिकांश क्यानाडा, अष्ट्रेलिया, अफ्रिका लगायतका देशमा मासिक २ लाख रुपैया कमाउँछन् । तर त्यहि समुहका एकजना युवा महेश घिमीरले जिल्लाको ब्यापारी नगरीमा दुध ब्यवसाय संलग्न छन् ।
झण्डै विस लाख रुपैयाको लगानीमा घिमीरे सहितको चार जना युवाहरुको समुहले बनेपामा सबल डेरीको शुरुवात गरेका छन् । उपभोत्तालाई गुणस्तरीय दुध र दुधका परिकारहरु विक्री गर्ने उदेश्यले उक्त डेरीको शुरुवात गरेको युवा ब्यवसायी महेश घिमीरेले बताए ।

‘हामी उपभोक्तालाई पशुको थुन देखि मुखसम्म दुध र दुधबाट उत्पादन हुने परिकारहरु उपलब्ध गराउँछौं’–घिमीरेले भने–‘विदेशिदै गएको जनशक्तिलाई रोक्न यो अभियान शुरु गरेका हौं ।’ परिवार, साथीभाई र आफन्तहरुको सहयोगमा शुरुवात गरिएको डेरीलाई एक गाँउ एक उत्पादन(डेर) जिल्ला कार्यान्वयन समितिले प्राविधिक र क्षमता बृद्धीका लागि सहयोग पु¥याएको छ ।
दुध, दही, पनिर, खुवा, लस्सी, नौनी, घ्यु, चीज, आईस्क्रिम, छुर्पी लगायतका दुधका परिकाहरु होम डेलीभरीको समेत ब्यवस्था गरी शुरु गरिएको उक्त डेरीमा दुध उत्पादन देखि गुणस्तर बनाउने अभियान शुरु गरिएको छ । कृषकहरुको गोठमै गाई भैसीलाई कसरी स्वस्थ र सफा राख्ने, त्यसबाट दुध दुहुँदा कसरी सरसफाईमा ध्यान दिने, दुध डेरी सम्म ल्याउँदा प्रयोग गर्ने भाँडा, प्रयोग गर्ने केमिकल र त्यसको जाँचका लागि भरपर्दाे र मिसावट टेष्ट गर्ने मेशिन समेतको ब्यवस्था गरिएको छ ।
पानी समेत नमिसाईएको उपभोत्ताको चाहना अनुसारकै दुध विक्री गर्ने योजना अनुसार फरक शैली र फरक सुविधाको डेरी सबलको स्थापना गरिएको उनले बताए ।

दैनिक चार जनाको जनशक्तिले उक्त डेरीमा रोजगारी प्राप्त गरेको छ । झण्डै एक महिनाको बीचमा संचालन खर्च धान्ने अवस्थामा पुगेको डेरीमा दैनिक २ सय लिटर दुध विक्री हुन थालिसकेको छ । यसलाई ६ सय सम्म पु¥याएर लगानीको प्रतिफल समेत प्राप्त हुने गरी गुणस्तरमै जोड दिएको महेशले बताए ।
विदेशमा आउने दुई लाख रुपैयाको तलबको काममा समेत नगएर स्वदेशमै केहि गरौ भन्ने सोचले डेरी हबका रुपमा विकास गर्ने उदेश्यले सवल डेरी संचालनमा ल्याएको उनले बताए । काभ्रे उद्योग बाणिज्य संघले यस्ता उद्योगहरुलाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

अन्य पसलहरुमा सामान्य दुध सम्वन्धी जानकारी भएका ब्यक्तिहरु मात्रै हुन्छन भने उक्त डेरीमा विशेषज्ञ सहितको ब्यवस्था गरिएको छ । विदेशिने श्रम र पैसा स्वदेशमै लगानी गर्ने उदेश्यले नमुना डेरीका रुपमा विकास गर्ने अभियान पनि शुरु गरिएको छ ।

डेरी अवलोकनका लागि जिल्लाका उद्योगी ब्यवसायी, उपभोक्ता, संचारकर्मी, शुभचिन्तक र डेरीसँग सम्वन्धीत सरोकारवालाहरु समेत सहभागि भएका थिए ।