तिलोत्तमामा एमालेका बागी



बुटवल, (नेस)
नेतिलोत्तमा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका बागी उम्मेदवार खडा भएका छन्। तिलोत्तमा नगरपालिकामा यस अगाडि पार्टीले टुङ्गो लगाएको उम्मेदवारलाई टिकट नदिएको भन्दै पार्टीका संगठित सदस्य टंकप्रसाद पाण्डेयले तिलोत्तमा नगरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्। पार्टीले यस अघि मोहन चापागाईंलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

लोकतान्त्रिक शासन व्यवस्थामा विधि र प्रक्रियाअनुसार चल्नुपर्ने भए पनि पुरानै कार्यशैली र गुटबन्दी गर्ने प्रवृत्तिले इमान्दार कार्यकर्तालाई निराश बनाएको उनले बताए। उनले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी पार्टीले गरेको निर्णय विरुद्ध तिलोत्तमा नगरको मेयरमा उम्मेदवारी घोषणा गरेका हुन्।

नेकपा एमालेले शुरुमा तिलोत्तमाको मेयर पदमा चापागाईलाई निर्णय गरेपछि चापागाईं प्रचारप्रसारमा लागेका थिए। पार्टीले गरेको निर्णयलाई उल्ट्याउँदै जेठ १३ गते पुनः वासुदेव घिमिरेलाई मेयरको टिकट दिइएको थियो। साविकको निर्णयलाई कार्यान्वयन नगरे आफूले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्