भरतपुरको मतगणना शुरु गर्न माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध


काठमाडौ (नेस) ।
प्रमुख प्रतिपक्षी एमालेले संसद् बैठकमा अवरोध पुर्‍याएको छ ।

चितवनको भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुरु नगरिएको भन्दै बुधबार बसेको संसद् बैठक एमालेले चल्न नदिएको हो ।

संसदमा बोल्दै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकाको मतगणना पुःन सुचारु गर्न आर्गह गर्नुभएको थियो ।

एमालेले संसद अवरोध गरेपछि भोलि जेठ १८ गते बीहिबार १ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।