गुल्मीमा ठुला दलका उम्मेदवार, को कहाँबाट भिड्दै ?



अनिल खत्री, गुल्मी ।

दोस्रो चरणको स्थानिय निकायको निर्वाचन नजिकिएसँगै गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छान्ने दौडधुपमा लागेका छन् ।

जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाका लागि जिल्लाका तिन ठुला दलहरुले स्थानिय तह निर्वाचनको लागी उम्मेदवार छनोट गरेका छन् ।

नेपाली काङ्ग्रेस

केहि दिन पहिले बिभिन्न पार्टीहरु बिच चुनावी तालमेलको हल्ला चलेपनि जिल्लामा तिन ठुला दलको एक्ला एक्लै चुनाव लडने भएका छन् । काङग्रेस गुल्मीले दिएको जानकारीअनुसार केहि स्थानिय तहमा उम्मेदवार टुङ्गाएको छ ।

रेसुङ्गा नगरपालिका – (जिल्लामा बिवाद भएपछी केन्द्रलाई जिम्मा )
मुसिकोट नगरपालिका – कृष्णहरी सापकोटा
मालिका गाउँपालिका – ज्ञानबहादुर कार्की
मदाने गाउँपालिका – महेन्द्र कुँवर
धुर्कोट गाउँपालिका – महेन्द्र भण्डारी
इश्मा गाउँपालिका – चन्द्रबहादुर महत
गुल्मी दरबार गाउँपालिका – अशोक थापा
छत्रकोट गाउँपालिका – अनन्तराम पौडेल
रुरु गाउँपालिका – तालमेलको लागी छलफल
सत्यवती गाउँपालिका – पारिश्वर ढकाल
कालिगण्डगी गाउँपालिका – बेद मगर
चन्द्रकोट गाउँपालिका – द्रोण खत्री

नेकपा एमाले
चुनावी तालमेल बनाएर अगाडी बढने रणनिति बनाएको नेकपा एमाले गुल्मीमा भने एक्लै चुनावी मैदानमा उत्रिने भएको छ । एमाले गुल्मीले कार्यक्रताको ब्यापक असन्तुष्टि पछि उक्त तालमेलबाट पछी हटेको थियो ।

एक महिनाअघि नै उम्बेदवारको टुङ्गो लगाएको एमाले अहिले घरदैलो अभियानमा लागेको छ । पार्टीका जिल्ला प्रचार बिभाग प्रमुख गणेश श्रीपालीले दिएको जानकारीअनुसार एमालेले निम्न अुनसार उम्बेदवार छोट गरेको छ ।

रेसुङ्गा नगरपालिका – डिल्लिराज भुसाल
मुसिकोट नगरपालिका –सोमनाथ सापकोटा ( पार्टी सचिव )
मालिका गाउँपालिका – रितबहादुर थापा
मदाने गाउँपालिका – दान बहादर केसी
धुर्कोट गाउँपालिका – कृष्ण घिमिरे
इश्मा गाउँपालिका – लक्षमण विष्ट
गुल्मी दरबार गाउँपालिका – कृष्ण भुसाल
छत्रकोट गाउँपालिका – मधुकृष्ण पन्थ ( पार्टी कार्यवाहक अध्यक्ष)
रुरु गाउँपालिका – निलकण्ठ गौतम
सत्यवती गाउापालिका – अमरबहादुर सिञ्जापति मगर
कालिगण्डगी गाउँपालिका – टिकाराम ढकाल
चन्द्रकोट गाउँपालिका – मिमलाल श्रेष्ठ

नेकपा माओवादी केन्द्र
माओवादी केन्द्र गुल्मी पनि चुनावी तालमेलमा धोका खाएपछी एक्लै चुनावी मैदानमा उत्रिने भएको छ । तालमेल भङ्ग भएपछि माओवादीले पनि प्रत्येक स्थानिय तहमा उम्बेदवार उठाएको छ । एमालेसँग भएको तालमेल भाडिँनुलाई उसले एमालले दिएको धोका र नेतृत्वको कमजोरी भन्दै आलोचना समेत गरेको छ ।

पार्टी संयोजक विर बहादुर कार्कीले दिएको जानकारीअनुसार उसले निम्न स्थानिय तहमा निम्न उम्बेदवारहरु उठाएको छ ।
रेसुङ्गा नगरपालिका – धर्म विश्वकर्मा
मुसिकोट नगरापालिका – खुम बहादुर थापा
धुर्कोट गाउँपालिका – भुपाल पोखरेल – केन्द्रिय सदस्य )
गुल्मी दरबार गाउँपालिका – पुनाराम ज्ञवाली
छत्रकोट गाउँपालिका – रामप्रसाद पाण्डे
रुरु गाउँपालिका – यदु ज्ञवाली (अनेरास्ववियु क्रान्तिकारी प्रदेश नम्बर ५ का सह इन्चार्ज )
सत्यवती गाउँपालिका – पूर्णबहादुर राना
कालीगण्डगी गाउँपालिका – ओमप्रकाश न्यौपाने
चन्द्रकोट गाउँपालिका – युवराज केसी ( केन्द्रिय सदस्य )
मदाने गाउँपालिका – बेगम चन्द बोहोरा
मालिका गाउँपालिका – देविराम अर्याल ( केन्द्रिय सदस्य )
इश्मा गाउँपालिका – विमला थापा

नयाँ शक्ति पार्टीबाट
नयाँ शक्तिपार्टी गुल्मीले पनि जिल्लाका केहि स्थानिय तहका उम्मेदवारहरुको टुङ्गो लगाएको छ । पार्टीका जिल्ला सचिवालय संयोजक जनक पन्थले दिएको जानकारी अनुसार ४ स्थानिय तहका उम्मेदवारहरु टुङ्गो लगाएको जानकारी दिए ।

छनोट भएका गाउँपालिका मध्ये चन्द्रको गाउँपालिकाको प्रमुखमा तेजेन्द्र थापा, छत्रकोट गाउँपालिकाको प्रमुखमा जनक पन्त, धुर्कोट गाउँपालिका प्रमुखमा चन्द्र बहादुर बिक, रेसुङ्गा नगरपालिकाको प्रमुख पदम बहादुर खत्री (श्याम) लाई उम्मेदवार छनोट गरेको पार्टीले जनाएको छ ।

जिल्लामा अन्यदलहरुले पनि उम्मेदवार छनोट गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्