हाम्री आमा खोइ ?


पती विदेशमा,पत्नी अर्कैको चक्करमा,तीन छोरीको बिचल्ली

सलिम अन्सारी,प्यूठान
२५ वर्षीया चनी बिकको बिहे दशक अघी स्थानिय एक यूवकसँग भयो उनले लगनगाँठो कसिएको वर्ष दिनमै छोरी जन्माइन ।

विहेपछि उनी आफ्ना बुवाआमा भन्दा बेग्लै बस्न थालीन् । आत्मबिश्वास सहित श्रीमानले घरसम्पतीमा सहज अधिकार दिए । परिवारको खर्च धान्न र आवाश्यकता पुरा गर्न धौ धौ परेपछी उनका श्रीमान बैदेशीक रोजगारमा जान बाध्य भए । घरको तालाचावी र सम्पुर्ण जिम्मेवारी चनीकै हातमा थिायो ।

श्रीमान चाडबाडका बेला घर आउजाउ गर्थे। तर उनले परपुरुषसँगको प्रेम सम्बन्धका बारेमा पत्तो पाएन्न। श्रीमान लाहुर मै रहेका बखत चनीले आफनो जीवनमा नयाँ पुरुषलाइ प्रवेश दिइन र पती नफर्किदै सम्पती कुम्लाएर प्रेमीसँग भागीन। आफैले जन्माएको छोरीहरुलाइ माइतीमा लगेर गएदेखी उनी फर्केकी छैन्न। घुँडा टेकेर टुकटुक हिँडने उमेरकी नावालिका पुजनालाइ छोडेर आमा अर्कै पतिको साथमा लागिन।

अहिल पुजनाका अन्य दुइ दिदिहरको समेत बिचल्ली छ। उनीहरुले दिनहुँ आँशु झार्दै हाम्री आमा खोइ?? भनेर बाबालाइ सताउँछन तर वुवा भने अव तिम्री आमाले छोडेर गइ फर्कीन्ने उ भनेर फकाउँछन। यिनकी आमाले छोडेर गएको लगभग दुइ हप्ता भयो तर ती आमाले एकपटक पनी छोरीहरु छन के गर्दै छन भनेर फोन समेत नगरेको स्थानीयहरु बताउँछन।

प्यूठानको सरुमारानी ३ का २५ वर्षिया डम्बर बहादुर नउला र उनका तीन छोरीहरुको बिजोग भएको छ। नौ वर्ष भारतमा दुख गरेर कमाएको चार लाख एकासी हजार नगद र घरभित्र रहेका सवै गरगहना कुम्लाएर श्रीमती चनी अर्कैसँग भागेपछि नउला र उनका तीन छोरीहरुको बिजोग भएको हो।

आफुले बिश्वास गरेकी श्रीमती छोरीहरु छोडेर जालीन भनेर सोचेका समेत थिएन्न डम्बरले तर भयो यस्र्तै। उनी बेखवर भएर हिडेँपछि उनका दुधे वालिका पुजना ९ वर्षिया पुर्णीमा र ६ वर्षीया पुष्पाको बिचल्ली भएको हो। आमाले एक दिन हामीलाइ लिएर मामा घर गइन, त्यसपछी हामीलाइ त्यहिँ छोडेर कहाँ गइन आमा फर्केर आएकी छैन्न।

आमा नभएपछि बहिनीहरुको पनि मैले नै स्याहार गर्नुपर्छ। ९ वर्षीया पुर्णीमाले आँशु चुहाउदै पीडा सुनाइन। आमा नभएपछि बहिनीहरुको गोठालो गर्छु।

पत्नीले छोडेर हिँडेपछि छोरीहरुको लालनपालन गर्ने जिम्मेवारी पाएका नउला मजदुरीका लागी प्रदेश जानुपर्ने हँदा सन्तान बेसहारा भएका छन। श्रीमतीले अर्कै बिहे गरेको खवर सुनेपछी भारतमा रहेका डम्वर अहिल घर आइपुगेका छन।
आमाले छोडेर गए देखी स्थानीय जनता माविको कक्षा २ मा पढदै गरेकी पुर्णीमा र कक्षा १ मा पढदै गरेकी पुष्पाको पढाइ समेत नियमीत हुन सकेको छैन।

घर छोडेर जाँदा पत्नीले आफुले खाइनखाइ गरेर जोडेको सुनका गरगहनासमेत लिएर गएको नउलाले बताउनुभयो। नया घर बनाउने भनेर पैसा जम्मा गरेको थिएँ उहाँले भन्नुभयो, पास्पोर्ट समेत बाँकी राखिन उसैले लिएर गै। छोरीहरुको मायाँ लाग्छ घरमै बसेर हेरचाह गरौ भने खान पाइदैन। अन्यत्र कहीँकतै गयो छोरीहरु भोकभोकै सुत्न बाध्य हुन्छन।

घरमा कसैलाइ थाह नदिइ उनी दागँको एक युवकसँग भागेर गएको थाह पाएको नउलाले बताउनुभयो।

विदेशी भुमीमा बसेर कमाएको सम्पती लिएर श्रीमती अर्कैसँग हिडेँपछि उनी अहिल सम्पती फीर्ता गराउन कानुनी बाटो खोज्दै हिँडेका छन। भागेर गएकी श्रीमती बिरुद्ध नउलाले आइतवार प्रहरी समक्ष उजुरी समेत दिएका छन।

लाहुरबाट कहिले आइएमइ गरेर कहिले गाउँका साथीभाइ मार्फत पठाउँथेँ,उनले सवै पैसा आर्फैसँग भएको जवाफ दिन्थिन। डम्वरले भारतबाट फर्केर आउँदा घरमा एक रुपैयाँ पनी नभेटेको बताउनुभयो। न कमाएको धनपैसा छ न जीवन साथी नै उहाँले भन्नुभयो।