सेनाको जहाज दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते



तस्वीर:कालीबहादुर मल्ल

दयाराम पण्डित, बाजुरा

नेपाली सेनाको जहाज बाजुरा विमानस्थल कोल्टीमा अवतरण गर्नेक्रममा दुर्घटना भएको छ ।

कल साइन एन ए ०४८ को जहाज मध्यान्ह १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो । उक्त जाहाज सामान बोकेर सुर्खेतबाट हुम्ला जान लागेको थियो ।
हुम्लामा अवतरण गराउन नसकेका कारण उक्त जहाज बाजुरा विमानस्थल कोल्टीमा दुर्घटनामा परेको हो ।विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए ।

उनीहरु मध्ये विमान चालक महासेनानी कैलाश गुरुङको निधन भएको छ ।सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आले भने घाइते भएका छन् । दुबै जनालई उपचारका लागि स्थानीय अस्पतालमा पुर्याइदै छ ।

प्रतिक्रिया दिनुहोस्