थप एक लाख स्वरोजगार तथा चार लाख नयाँ रोजगारी सिर्जना हुने



काठमाडौँ, १५ जेठ । बजेटको कार्यान्वयनबाट थप एक लाख स्वरोजगार तथा चार लाख नयाँ रोजगारीका अवसर सिर्जना हुने भएको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको बजेट भाषणमा बजेटको कार्यान्वयनबाट आर्थिक क्रियाकलापमा उल्लेख्य विस्तार भई ७.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अपेक्षा गरिएको छ ।

बजेट जारी भएपछि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति र आपूर्ति प्रणालीको सुधारबाट मुद्रास्फीति ७ प्रतिशतमा सीमित हुने र सामाजिक सुरक्षा तथा मानव विकासका सूचकमा उल्लेखनीय प्रगति हुने भनिएको छ ।

राष्ट्रिय पूर्वाधारको संरक्षणका लागि उच्च कर नियोजन र कर छली नियन्त्रण गर्नाका साथै राजस्व चुहावटका जोखिम क्षेत्रको पहिचान गरी जोखिमका सूचकको परिमार्जन गरिनेछ ।

राजस्व चुहावट नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व प्रशासनका बीचमा सूचना आदानप्रदानको व्यवस्था गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्