दूधपोखरी गाउँ कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु


लमजुङ, १० जेठ । दूधपोखरी गाउँपालिकाको महिला, दलित वा अल्पसङ्ख्यक पदका निर्वाचन प्रयोजनका लागि आजदेखि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ ।

आज १० गते मतदाता नामावली प्रकाशन, ११ गते मतदाता नामावली सच्याउने, १२ गते अन्तिम नामावली प्रकाशन गर्ने, १४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने र १९ गते मतदान हुने निर्वाचन अधिकृत यामबहादुर बानियाँले जानकारी दिनुभयो ।

चार जना महिला सदस्य र दुई जना दलित वा अल्पसङ्ख्यक पदका लागि सो निर्वाचन हुन लागेको हो । कार्यपालिकामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र छवटै वडाध्यक्ष पदने सदस्य रहनेछन् । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।