बयालिस स्थानीय तहको मत परिणाम औपचारिक रुपमा आउन बाँकी


काठमाडौैँ, ८ जेठ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट १० हजार ६४० प्रतिनिधि निर्वाचित भएका छन् ।

संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार आज साँझ ५ बजेसम्ममा २८३ स्थानीय तहमध्ये २४१ स्थानीय तहको मतगणना समाप्त भई उम्मेदवारको विवरण प्राप्त भएको निर्वाचन आयोगले औपचारिक रुपमा आज जानकारी गराएको छ । अझै ४२ स्थानीय तहको मतदानको पूर्ण विवरण प्राप्त हुन बाँकी नै छ ।

पछिल्लो विवरणअनुसार नगरप्रमुख वा अध्यक्ष २४१, उपाध्यक्ष÷उपप्रमुख २४१, वडाध्यक्ष दुई हजार ६६, वडा सदस्य चार हजार ८८, महिला सदस्य दुई हजार ४३ र दलित महिला सदस्य एक हजार ९६१ निर्वाचित भइसकेका छन् । पहिलो चरणको निर्वाचनका लागि सबै मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।