चन्द्रागिरि–९ मा एमाले विजयी



काठमाडौँ, ४ जेठ । चन्द्रागिरि नगरपालिका वडा नं ९ मा नेकपा (एमाले) को समूह नै विजयी भएको छ ।

वडाध्यक्षमा देवेन्द्र महर्जनले ८०७ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अच्यूत अधिकारीले ५८४ मत प्राप्त गर्नुभएको छ । सदस्यमा चन्दिका श्रेष्ठ, बच्छी सर्केनी, रामकृष्ण श्रेष्ठ र सुरेन्द्र केसी विजयी हुनुभएको छ ।

प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले सात हजार २४९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने एमालेका प्रह्लाद कार्कीले चार हजार ९५० मत प्राप्त गर्नुभएको छ । हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले पाँच हजार ८९६ र एमालेका लीसा नकर्मीले पाँच हजार ५६६ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिनुभयो ।

कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा अहिले ८ र १० वडाको मतगणना जारी छ । रासस

प्रतिक्रिया दिनुहोस्