वनगाड कुपिण्डेमा मेयर एमाले, उपमेयरमा माओवादी विजयी



सरिता चलाउने, सल्यान ।
स्थानीय तहको निर्वाचनमा वन्गाड कुपिण्डे नगरपालिकामा मेयरमा नेकपा एमाले र उपमेयरमा माओवादी केन्द्र वजयी भएको छ । नेकपा एमालेका गोविन्द कुमार पुन ५ हजार ७७ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका कर्ण वहादुर वुढाथोकीले ४ हजार ९ सय ८४ मत प्राप्त गर्नु भएको छ ।
यस नगरपालिकामा नेकपा एमालेका जिल्ला अध्यक्ष र माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला संयोजकको कडा प्रतिस्पर्धा भएकोले निकै चासो लिइएको थियो ।

यस्तै उप मेयरमा नेकपा माओवादी केन्द्रका मञ्जु यरी विजयी हुनु भएको छ । उहाँले ४ हजार ८ सय ६२ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका दिपेन्द्र विष्टले ४ हजार ४ सय ५५ मत प्राप्त गर्नु भएको छ ।
यस्तै वनगाड कुपिण्डे नगरपालिकामा वडा नं. १ मा नेकपा एमालेका शान्त कुमार यरी, वडा नं. २ मा माओवादी केन्द्रका प्रतिमल वुढा, वडा नं. ३ मा माओवादी केन्द्रका टेक वहादुर पुन, वडा नं. ४ मा माओवादी केन्द्रकै मोमत रोका, वडा नं. ५ मा माओवादी केन्द्रकै कमल विक, वडा नं. ६ मा नेपाली काग्रेसका पुरुषोत्तम आचार्य र वडा नं. ७ मा नेकपा एमालेका विनायक केसी विजयी हुनु भएको छ ।
यस्तै वडा नं. ८ मा माओवादी केन्द्रका कुल वहादुर यरी, वडा नं. ९ मा इन्द्र वहादुर कुमाई, वडा नं. १० मा एमालेका मानसिंह पुरी विजयी हुनु भएको छ । यस्तै वडा नं. ११ मा माओवादी केन्द्रका विर वहादुर वुढा र वडा नं. १२ मा गोविन्द डाँगी विजयी हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्