तामाकोसी गाँउपालिकामा एमाले विजयी



प्रमुख इश्वर÷उपप्रमुख उर्मिला

चिरञ्जीवी मास्के, दोलखा / दोलखाको तामाकोसी गाँउपालिकाको मतगणना सम्पन्न भै परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतले दिनु भएको जानकारी अनुसार तामाकोसी गाँउपालिकाको प्रमुखमा एमालेको इश्वरचन्द्र पोखरेल विजयी हुनुभएको छ ।

उहाँले ४६१५ मत प्राप्त गर्नु भएको थियो भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसको भवेन्द्र कार्कीले ३८२० मत प्राप्त गर्नु भएको थियो । उपप्रमुखमा पनि एमालेको उम्मेदवार उर्मिला खड्का विजयी हुनु भएको छ । खड्काले ४४२९ मत प्राप्त गर्नु भएको थियो ।

उहाँको प्रतिद्वन्द्वी माओवादी केन्द्रको रामचन्द्र पोखरेलले ३२७० मत प्राप्त गर्नु भएको थियो । तामाकोसी गाँउपालिकाको ७ वटा वडामा एमाले ४ वटा वडा र नेपाली कांग्रेस ३ वटा वडामा विजयी भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्