दक्षिणकालीमा काँग्रेस विजयी



काठमाडौँ, ४ जेठ । दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहन बस्नेतले चार हजार ६९८ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शशी शर्माले चार हजार २६८ मत पाउनुभयो । उपप्रमुखमा पनि काँग्रेसकै वसन्ती तामाङ चार हजार ७४९ मत प्राप्त गरी निर्वाचित हुनुभएको नगर निर्वाचन अधिकृत प्रतिमा पोखरेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेकी मीरा महर्जनले चार हजार ३३० मत ल्याउनुभयो ।

नौवटा वडा रहेको नगरपालिकाको १ नं मा एमाले, २ मा काँग्रेस, ३ मा वडाध्यक्ष एमाले अरू सदस्य काँग्रेस, ४ मा काँग्रेस, ५ मा वडाध्यक्ष काँग्रेस अरू सदस्य एमाले, ६ र ७ मा सबै एमाले, ८ मा एक सदस्य बराबर हुँदा गोलाबाट काँग्रेस र अरू सबै एमाले, ९ मा सबै काँग्रेसका उम्मेदवार निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्