दोलखाको थप दुई गाँउपालिकामा एमाले कांग्रेस विजयी ।



गौरीशङ्कर गाँउपालिकाको प्रमुख, उपप्रमुख

चिरञ्जीवी मास्के, दोलखा । दोलखाको गौरीशङ्कर गाँउपालिकामा प्रमुख उपप्रमुख सहित ६ वटा वडामा एमालेको उम्मेदवार विजयी भएका छन् । प्राप्त मत परिणाम अनुसार प्रमुखमा एमालेको स्वयमबहादुर खड्काले ४२४९ मत प्राप्त गर्नु भएको छ । उहाँको प्रतिद्वन्द्वी माओवादी केन्द्रका निमा लामाले ४१७६ मत प्राप्त गर्नु भएको थियो ।

त्यसैगरी उपप्रमुखमा एमालेको उर्मिला थामीले ३४४० मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसको कमलबिक्रम खड्काले ३३२४ मत प्राप्त गर्नु भएको थियो ।

त्यसैगरी दोलखाको विगु गाँउपालिकामा प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षहरुमा ४ वटा माओवादी केन्द्रको, ३ वटा नेपाली कांग्रेसको र १ वटा एमालेको उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसको युधिष्ठीर खड्काले ४०२३ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।

उहाँको प्रतिद्वन्द्वी एमालेको सुन्दर लामिछानेले २५८६ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका सन्जीव ओली विजयी भएका छन् । उनले ३२२० मत प्राप्त गर्नु भएको थियो भने उहाँको प्रतिद्वन्द्वी एमालेको गोमा केसीले २७९९ मत प्राप्त गर्नु भएको थियो ।
नेकपा एमालेले जितेको प्रमुख/उपप्रमुुख
१) जिरी नगरपालिका– प्रमुख टंक जिरेल (३२१२)÷उपप्रमुख कृष्णकुमारी बुढाथोकी(३२६८)
२) गौरीशङ्कर गाँउपालिका– प्रमुख स्वयमबहादुर खड्का (४२४९)÷उपप्रमुख उर्मिला थामी (३४४०)

नेपाली कांग्रेसले जितेको प्रमुख

१) बैतेश्वर गाँउपालिका– छवि लामा (७१५९)
२) विगु गाँउपालिका– युधिष्ठीर खड्का (४०२३)

माओवादी केन्द्रले जितेको उपप्रमुख
१) बैतेश्वर गाँउपालिका– रविचन्द्र आचार्य (७५११)
२) विगु गाँउपालिका– सन्जीव ओली (३२२०)

नेकपा एमालेले जितेको वडा अध्यक्ष
१) भीमेश्वर नगरपालिका वडा नम्बर १ मा वीरबहादुर थामी
२) जिरी नगरपालिका वडा नम्बर ३ मा नुर्वु शेपा
३) जिरी नगरपालिका वडा नम्बर ४ मा पदेमान जिरेल
४) जिरी नगरपालिका वडा नम्बर ६ मा गोपालबहादुर कार्की
५) जिरी नगरपालिका वडा नम्बर ७ मा डुके शेर्पा
६) कालिञ्चोक गाँउपालिका वडा नम्बर ३ मा निशान बुढाथोकी
७) बैतेश्वर गाँउपालिका वडा नम्बर ७ मा रेशमराजस्वराज रिमाल
८) गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ मा झलककुमार कार्की
९) शैलुङ गाँउपालिका वडा नम्बर १ मा बृषबहादुर तमाङ
१०) बैतेश्वर गाँउपालिका वडा नम्बर ४ मा कुमार चौलागाई
११) कालिञ्चोक गाँउपालिका वडा नम्बर ४ मा केशवबहादुर ठकुरी
१२) कालिञ्चोक गाँउपालिका वडा नम्बर ५ सुवास थामी
१३) जिरी नगरपालिका वडा नम्बर ८ मा तेजबहादुर खड्का
१४) जिरी नगरपालिका वडा नम्बर ९ मा ज्ञानबहादुर सुनुवार
१५) बैतेश्वर गाँउपालिका वडा नम्बर ५ मा माधवबहादुर वस्नेत
१६) शैलुङ गाँउपालिका वडा नम्बर ३ मा ध्रुबकुमार श्रेष्ठ
१७) शैलुङ गाँउपालिका वडा नम्बर ४ मा भरतप्रसाद ढुङ्गेल
१८) गौरीशङ्कर गाँउपालिका वडा नम्बर ९ मा छिरिङ शेर्पा
१९) गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ मा डिल्लीध्वज वस्नेत
२०) कालिञ्चोक गाँउपालिका वडा नम्बर ६ मा मानसिंह थामी
२१) गौरीशङ्कर गाँउपालिका वडा नम्बर ६ मा पेम्वा शेर्पा
२२) गौरीशङ्कर गाँउपालिका वडा नम्बर ७ मा आङर्दोजे शेर्पा
२३) गौरीशङ्कर गाँउपालिका वडा नम्बर ८ मा उदयबहादुर खड्का
२४) भीमेश्वर नगरपालिका वडा नम्बर ४ मा हरिबंश चौलागाई
२५) भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा नविन लामा
२६) विगु गाँउपालिका वडा नम्बर ६ मा पदम थामी
२७) कालिञ्चोक गाँउपालिका वडा नम्बर ७ मा चेतबहादुर खड्का
२८) तामाकोसी गाँउपालिका वडा नम्बर ४ मा होमबहादुर श्रेष्ठ
२८) तामाकोसी गाँउपालिका वडा नम्बर ५ मा राजकुमार रोकाहा
२९) शैलुङ गाँउपालिका वडा नम्बर ५ मा किरण वस्नेत
३०) शैलुङ गाँउपालिका वडा नम्बर ६ मा राजु खड्का
३१) शैलुङ गाँउपालिका वडा नम्बर ७ मा धावावाङ्गेल लामा

नेपाली कांग्रेसको वडा अध्यक्ष
१) जिरी नगरपालिका वडा नम्बर १ मा लाक्पा शेर्पा
२) कालिञ्चोक गाँउपालिका वडा नम्बर १ मा बाबुलाल थामी
३) बैतेश्वर गाउँपालिका वडा नम्बर ६ मा शम्सेर घिसिङ
४) तामाकोसी गाँउपालिका वडा नम्बर १ मा महेश्वर काफ्ले
५) तामाकोसी गाँउपालिका वडा नम्बर २ मा हर्कमान योञ्जन
६) शैलुङ गाँउपालिका वडा नम्बर २ मा शुक्रध्वज योञ्जन
७) भीमेश्वर नगरपालिका वडा नम्बर २ मा विराज श्रेष्ठ
८) गौरीशङ्कर गाँउपालिका वडा नम्बर ४ मा प्रल्हाद कार्की
९) बैतेश्वर गाँउपालिका वडा नम्बर १ मा बृषबहादुर तमाङ
१०) बैतेश्वर गाँउपालिका वडा नम्बर २ मा श्यामकुमार तमाङ
११) बैतेश्वर गाँउपालिका वडा नम्बर ३ मा कृष्णबहादुर दहाल
१२) विगु गाँउपालिका वडा नम्बर ५ मा मधुकर गुरुङ
१३) भीमेश्वर नगरपालिका वडा नम्बर ३ मा हरिशरण शिवाकोटी
१४) विगु गाँउपालिका वडा नम्बर ७ मा निमछिरि शेर्पा
१५) विगु गाँउपालिका वडा नम्बर ८ मा खेमबहादुर खड्का
१६) तामाकोसी गाँउपालिका वडा नम्बर ३ मा रामप्रसाद काफ्ले

माओवादी केन्द्रले जितेको वडा अध्यक्ष
१) जिरी नगरपालिका वडा नम्बर २ मा ङिमापाल्दे शेर्पा
२) जिरी नगरपालिका वडा नम्बर ५ मा ङिमा साङ्गे शेपा
३) विगु गाँउपालिका वडा नम्बर १ मा हिरन्डेबहादुर गुरुङ
४) विगु गाँउपालिका वडा नम्बर २ मा कृष्ण ठकुरी
५) विगु गाँउपालिका वडा नम्बर ३ मा श्रीराम खड्का
६) कालिञ्चोक गाँउपालिका वडा नम्बर २ मा नानी पाण्डे
७) गौरीशङ्कर गाँउपालिका वडा नम्बर २ मा वसन्त कार्की
८) बैतेश्वर गाँउपालिका वडा नम्बर ८ मा रमेशकुमार अधिकारी
९) गौरीशङ्कर गाँउपालिका वडा नम्बर ३ मा नेत्रबहादुर वस्नेत
१०) विगु गाँउपालिका वडा नम्बर ४ मा बुक्ताङ तमाङ

 

प्रतिक्रिया दिनुहोस्