२ नगर सहित ४ गाउपालिका प्रमुखमा नेपाली काग्रेस विजयी



नवलपरासी ४ जेठ ।
नवलपरासीबाट विभाजित नवलपुरका ८ स्थानीय तहका लागि भएको निर्वाचनमा २ नगर सहित ४ गाउपालिका प्रमुखमा नेपाली काग्रेस विजयी भएको छ ।

जिल्ला निर्वाचन कार्यालय नवलपरासीेले दिएको जानकारी अनुसार देवचुली नगरपालिकामा नेपाली काग्रेसका पूर्ण कुमार श्रेष्ठले ८ हजार ५ सय ७९ मत ल्याएर नगरप्रमुख पदमा विजयी हुनु भएको हो ।

देवचुली नगरमा प्रमुख पदका उम्मेदबार नेकपा एमालेका हरि न्यौपानेले ८ हजार ५ सय १० मत प्राप्त गनु भएको थियो ।

त्यसै गरी मध्यविन्दु नगरपालिकामा नेपाली काग्रेसका चन्द्र बहादुर राना १० हजार ९ सय ९६ मत सहित नगरप्रमुखमा विजयी हुनु भएको छ । उहाका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका भीमलाल अधिकारीले १० हजार ६५ मत ल्याउनु भएको थियो ।

गाउ पालिकामा विनयी त्रिवेणी, हुप्सेकोट,बुंग्दीकाली र बुलिंगटार सहितका चारै स्थानीय तहका अध्यक्ष पदमा नेपाली काग्रेका उम्मेदबार विजयी हुनु भएको हो ।
बाकि २ नगरपालिकामा भने मतगणना जारी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्