चापाकोट नपामा काँग्रेस, गल्याङमा एमाले



वालिङ, ४ जेठ । स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार शिवकुमार गिरी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार बुद्धिमान श्रेष्ठलाई पराजित गरी विजयी हुनुभएको हो ।

विजयी गिरीले पाँच हजार ९८९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले पाँचहजार आठ मत प्राप्त गर्नुभयो । त्यस्तैगरी, उपप्रमुखमा नेकाकै बिमला श्रेष्ठ विजयी हुनुभएको छ । विजयी हुनुभएकी श्रेष्ठले ६ हजार ३५८ मत प्राप्त गर्नुभएको हो ।

चापाकोटका १० वटा वडामध्ये सातवटा वडामा नेकाको प्यानल विजयी भएको छ भने तीनवटा नेकपा (एमाले)को प्यानल नै विजयी भएको हो ।

वडा नं १ मा नेकाका टीकाराम तिवारी, २ मा काँग्रेसकै सूर्यबहादुर सेन, ३ मा काँग्रेसकै सुन्दरविक्रम खाँण, ४ मा काँग्रेसका विक्रम सारु, ५ मा काँग्रेसका इन्द्रबहादुर शाही, ६ मा एकदेव भट्टराई, ७ मा एमालेका रविचन्द्र बस्ताकोटी, ८ मा नेकाका नवराज श्रेष्ठ, ९ मा एमालेका शङ्करभक्त भण्डारी र १० मा एमालेका रामु कोइराला विजयी हुनुभएको हो ।

गल्याङ नपामा एमाले विजयी

यसैगरी, स्याङ्जाको गल्याङ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका भूपराज अधिकारी आठ हजार ३६४ मत ल्याई विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी लालगोपाल अर्यालले ६ हजार ६२ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा (एमाले)की देवी थापा आठ हजार ३१४ मत ल्याई विजयी हुनुभएको छ ।

एघार वटा वडा रहेको गल्याङको वडा नं १ मा एमालेका गणेश बस्याल, २ मा एमालेका ईवप्रसाद कर्माचार्य, ३ मा काँग्रेसका महेश भट्टराई, ४ मा एमालेका नेत्रप्रसाद पाण्डे, ५ मा माओवादीका विष्णुबहादुर क्षेत्री, ६ मा एमालेका टीकाराम भुसाल, ७ मा एमालेका रामबहादुर गुरुङ र ८ मा काँग्रेसका भेकप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ भने वडा ९ मा काँग्रेसका हरिलाल खनाल, १० मा काँग्रेसका ध्रुवप्रसाद शर्मा र ११ मा एमालेका शंकरदेव अधिकारी विजयी हुुनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्