गोरखाको धार्चेमा कांग्रेस विजयी



सन्तोष अधिकारी, गोरखा । नेपाली कांग्रेसले गोरखाको शहिद लखन गाउँपालिकामा पनि जित हासिल गरेको छ ।

यो सँगै नेपाली कांग्रेसले जित हात पारेको गोरखाको गाउँपालिकाको संख्या पाँच भएको छ । नेकपा एमाले र नयाँ शक्तिको तालमेललाई उछिनेर कांग्रेसका सन्तोष गुरुङ्ग र फुलमायाँ गुरुङ्गले क्रमश गाउँपालिका प्रमुख र उपप्रमुखमा जित हात पारेका हुन् ।

नेकपा एमाले र नयाँ शक्ति पार्टीबीच तालमेलपछि नयाँ शक्तिका लक्ष्मण गुरुङको समुहलाई उनीहरुले हराएका हुन् । प्रमुख सन्तोष गुरुङ्गले १७०९ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका लक्ष्मणले १६५६ मत ल्याएका छन् ।

उपप्रमुखका कांग्रेसकी फूलमायाले १५९५ मत ल्याइन् भने माओबादी केन्द्रकी आशा गुरुङले ११२८ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्